“युवा फोरम”

No Comments

युवा फोरम, पोखरा कास्की
युवाको क्ष्यमता अविब्रिद्धि गराउने प्रयत्नका साथ युवाहरुलाई आफ्नो समाज प्रतिको उत्तर्दाईत्व निर्वाह गर्न प्रेररित गर्दै सामाजिक कार्यमा सहभागी हुने, एक युवा समूह हो “युवा फोरम” । सामाजिक कार्यमा युवाहरुलाई डोर्याउने यो सामाजिक समूहको सुरुवात आदर्णीय व्यक्तित्वहरु अनुप लाल श्रेष्ठ, कान्ति गुरुङ श्रेष्ठ, जीवन बराल, अमित रिजाल, नेत्र तिमिल्सिना, सचिन उदास र अन्य आदर्णीयहरुबाट भएको हो भन्ने मेरो बुझाई छ ।

जुन बेला मैले युवा फोरम बुजेको थिए, त्यो समयमा उमेरको हदबन्धि थियो । आर्थात, युवा (सङ्खेय नाम), किटान गरिएको उमेरको हद भित्र पर्ने व्यक्तिहरु मात्र यो समूह अर्थात् युवा फोरममा रहने छन् । युवा फोरम संग आवद्ध हुदा हुदै आफ्नो युवा उमेरको हद पुरा गर्ने व्यक्तिहरुले युवा फोरममा आफ्नो नेत्रित्वोको अविभारा नया युवालाई सुम्पने प्रावधान थियो । युवा फोरमको यो प्रावधान राम्रो संग लागु भएको मैले अनुभब गरेको छु । र मैले यो लेख लेख्नुको कारण, मेरा विभिन्न बुंदाहरु मध्ये एक पनि हो ।
यो लेखको सहारा लिएर  युवा फोरमका सुरुवात कर्ताहरु, पुर्व सदश्यहरु, तत्कालिन नेतृत्व सम्हाल्नु भएका मित्रहरु र युवा फोरमका सदश्यहरुलाई घचघच्याउने कोसिस गरेको छु ।

म काठमाडौँ  बाट कास्की, पोखरा भ्रमणको साथमा आफ्नो अध्यन पनि गर्ने निहुमा आफ्नै इच्छाले गएको थिए । त्यस बखत म माथि तेर्श्याइने एकै प्रश्नले मलाई अफ्ट्यारोमा पार्दथ्यो वा भनौ घोच्दथ्यो “तपाइँको घर कहाँ हो?” । म आफैलाई एक आत्मनिर्भर स्वतन्त्र पंछी मान्थे र अधिकांश पंछीहरु सरह आफ्नो गुंड आफै बनाउनु पर्छ भन्ने मान्यता बोक्थे र म ’मेरो घर’ भन्नु भन्दा ‘मेरा माता पिताको  घर’ भन्न रुचाउथ्ये । यो प्रश्नको उत्तर मैले सजिलो संग काठमाडौँ  भन्न पनि मलाई ’ढाडस’ लाग्थ्यो र आफैलाई व्यंग्य गर्दै भने  ’राजाको गाउ’ ।  म माथि कसैको केहि पनि रोकतोक नभएको हुदा म आफ्नो इच्छामा काम गर्थे । यसै क्रममा एक दिन मैले अन्नपुर्ण यफ. यम. बाट “Art of Speaking (campaign)”  को विज्ञापन सुने जसको उदेश्य व्यक्तित्व विकाशको लागि तालिम थियो जसको लागि मलाई समय मिलाउन गाह्रो भएन । यो तालिम अमित रिजालनेत्र तिमिल्सिनाअनुप लाल श्रेष्ठ र कान्ति गुरुङ श्रेष्ठ ज्युहरु बाट भएको रहेछ र सवै जना पोखराका विभिन्न यफ. यम. मा स्तरीय कार्यक्रम संचालकहरु हुनुहुन्थ्यो र यो कुराले मलाई कम आश्चर्यमा पारेन की म तिनै हस्ती बाट शिक्षा ग्रहण गर्दै छु जसलाई मैले दिनरात सुन्ने  गर्थे । तालिम आवधि भर विभिन्न छेत्रमा लाग्नु भएका ठुला हस्तीहरु बाट पनि अनुभब सुन्ने र शिक्षा ग्रहण गर्ने मौका प्राप्त भयो । त्यस बखत सम्म मलाई युवा फोरम सम्बन्धि केहि अत्तो पत्तो थिएन, केहि पछी मात्र ’यामु’ दिदि र ‘हेमा’ दिदी बाट थाहा भयो, जो  ‘Spiral Media Zone’ का संचलाक हुन्थ्यो ।

मेरो युवा फोरमका क्रियाकलापमा रुची बढ्नुको कारण “Art of Speaking” मा मैले अनुभव गरेको पृथक शैलीले गर्दा हो जुन मेरो लागि नौलो र सृजनात्मक थियो । अझ पृथक त यो कुरामा लग्यो कि यो समूहले आफ्नो कार्यक्रमहरु आफ्नै सदश्यहरुका सहयोगबाटनै गर्ने गर्थ्यो जसमा हरेक शनिवार सवै सदश्यहरु जमघट भै हरेक सदश्यहरु बाट ५ – १० रुपैया उठाई चिया पिएर, एक किसिमले आत्मियताको भाव अनुभव गर्दै केहि न केहि सृजनात्मक कार्यक्रम गर्नु एक साप्ताहिक शैली नै थियो  । युवा फोरमका विभिन्न सामाजिक कार्यक्रमहरु मध्ये केहिमा मैले पनि साथै सहभागी हुने मौका पाए ।

युवा फोरममा रहदा सवै भन्दा स्मरणीय क्षण “The Trekking Legend”  झलक दाज्युको घरमा युवा फोरमका सम्पूर्ण सदश्यहरु संग जादा लाग्छ । झलक ज्यु, जो  Trekking का सुरुवात कर्ता मात्र नभै प्रकृति प्रेमी र सरल जीवन मनपराउने व्यक्तित्व हुनुहुन्छ, उहाको घरमा पुग्दा लग्यो कि म एक संग्रालयमा छु जहाँ प्रकृति र ठेट नेपाली मौलिकताको मिश्रण छ र अझ ई कुरालाई जीवनत्  तुल्याउन झलक ज्युले हाम्रा युवा फोरमको तर्फबाट उहालाई भेट्न र बुझ्न गएका सवैलाई नेपाली ढङ्ग वाट स्वागत गर्नु भयो र मकै, भटमास, चिया र अण्डा खुवाउनु भयो। त्यो जाडो मौसममा हामी सवै, नेपालको गाँउ-गाँउमा देखिने, माटोले पोतिएको गोलाकार भित्ता माथि छाईएको छानो भएको दुई तल्ले घरको आगनमा वरी परि थियौ । घाम ताप्दै झलक दाज्युका हिमाल र प्रकृतिका अनुभव सुन्यौ र उहाले  हामी युवालाई आफ्नो प्राकृतिक सम्पदा प्रति उत्तर्दाईहुन पनि थप जिम्मा दिनुभयो जुनबेला मैले साचै न्यानोपन महसुस गरे । विहान ८ बजे देखि ३ – ४ घण्टा सम्मको बसाई पछी हामी छुट्टीयौ, यो दौरानमा मैले Trekking केहि हद सम्म बुझे । अझ पनि मैले आफ्ना विद्यार्थीहरुलाई उहा को भाषामा सम्झाउने कोशिस गर्छु कि बुझाईको तिन तह हुन्छ ।
माछापुछ्रे हिमालको बारे कसैले सोधेमा,
पहिलो तहको बुझाई भएको व्यक्तिले “यो हिमाल पोखराबाट देख्न सकिन्छ” भनेर मात्र उत्तर दिन्छ सक्छ,
दोस्रो तहको बुझाई भएको व्यक्तिले “यो हिमालको दाया र बायामा अन्नपुर्ण र धौलागिरी छ” भनि बुझाउन सक्छ
तेस्रो तहको बुझाई भएको व्यक्तिले भने माछापुछ्रेको उचाई, लम्बाई, चौडाई त्यस क्षेत्रमा बसोबास गर्ने पशु – पंशी, त्यस क्षेत्रमा पाइने जडिबुटी तथा बोटबिरुवाहरुको बारे मा र आझा बढी बृस्तृत रुपमा बयान गर्न सक्छ  ।

युवा फोरमका अग्रजहरु रहदाको युवा फोरम र अहिले नया नेतृत्व हुदाको युवा फोरममा निकै नै अन्तर रहेको छ । यो कुरालाई मैले कान्ति दिदी संग पनि गरेको थिए र उहाले युवा फोरमको आवस्तप्रति दु:ख लागेको कुरा पनि गर्नु भएको थियो । मैले आफ्नो पहल बाट युवा फोरमको वेव- साईटलाई पुनः सजिव बनाउने प्रयत्न गरे जसको लागि तत्कालिन अधक्ष्यज्युले युवा फोरमको कागजात दिएर सहयोग गर्नु भएको थियो  तर युवा फोरममा भएका कुनै सदश्यले पनि वेव-साईटमा युवा फोरमका गतिविधिहरुलाई उतार्न राम्रो संग चाख नदिएको कुरामा भने दुक्ख लग्यो । त्यसको केहि महिना पछी युवा फोरमबाट आवकास पैसक्नुभायेका जीवन बराल दाइले एक पल्ट युवा फोरमको वेवसाईटको विवरण सोध्नुभएको थियो ।

युवा फोरमलाई मजबूत तुल्याउनलाई युवा फोरमका आग्राजहरुले केहि पहल गर्नु पर्छ भन्ने लाग्छ ।

हाल मैले फेरी युवा फोरम को लागि वेवसाईट तयार गरेको छु, युवा फोरममा संलग्न सदश्यले यो वेवसाईट जिम्मा लिन पनि आग्रह गर्दा छु ।

Website of Yuwa Forum: http://yuwaforum.org.np/


Older Entries